- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्की जिल्ला अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष एवं कानून व्यवसायी अधिवक्ता कमलप्रसाद अर्याल पक्राउ परेका छन् । उनी ठगी आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला अदालत कास्कीको आदेश लिएर मंगलबार उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
श्रोतका अनुसार अर्यालमाथि चोरी सम्बन्धी मुद्दा न्यायाधीशलाई खुशी पारेर मुद्धा मिलाइदिने भन्दै पक्षबाट रकम लिएको आरोप छ ।