arrow

प्रधानमन्त्री देउवाले डाके गठबन्धनको बैठक, बिहीबार दिउँसो ३ बजे बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
pm-deuba-speech.PNG
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन्। एमसीसी सम्झौता प्रस्ताव सांसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन्।

सत्ता साझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसद्मा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो। उक्त निर्णय गरेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर जानकारी गराएपछि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका हुन्। 

प्रधानमन्त्री देउवाले बुधवार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका थिए। तर, माओवादीको निर्णय र प्रचण्डको आग्रहमा बुधवार सो प्रस्ताव सदनको बैठकमा पेस नगर्न प्रधानमन्त्री राजी भएका छन्।

यसअघि सोमबार काँग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने र यसका लागि सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेको थियो। अब भने गठबन्धनमा सहमति जुटाएर मात्र संसद् बैठकमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेस गरिने भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ