arrow

योजना आयोगका उपाध्यक्ष पौडेलले देखेको पाँच वर्षपछिको नेपाल 

logo
विश्व पौडेल,
प्रकाशित २०७८ फागुन ५ बिहिबार
bishwo-poudel-planning-commission.jpg

केहीअघि काठमाडौँ–निजगढ फास्ट ट्र्याक बनाइरहेका प्राविधिकहरुसँग मैले गरेको छलफल अनुसार २०८१ साल पुससम्ममा टनेलहरु बनिभ्याउँछन् । एघार प्याकेजमा गरी ठेक्का लगाएर भएपनी वेलामा सक्ने उनीहरुले मलाई विश्वास दिलाए। केही ढिलो होला, तर यो काम सरकारले आर्थिक समस्या पर्दैन भनेर विश्वास दिलाएकोले केही वर्षमै सम्पन्न हुने दिशामा छ। 

सडक विभाग नारायणगढ–पथलैया छ लेनदेखि चार लेन चौडा सडक बनाउन तयारी गर्दैछ। त्यस्तै तयारी इनरुवादेखि काँकडभिट्टा खण्डको चौडाइ गर्न पनि छ ।  एक सय किलोमिटर प्रतिघण्टाको दरले मोटर गुडाउन मिल्नेगरी सडक बनाउन मेरो उनीहरुलाई सल्लाह छ । 

यस्तै पूर्वपश्चिम राजमार्गको कमला–कन्चनपुर (सप्तरी) खण्डमा सडक चौडा पार्ने काम शुरु भएको छ । बुटवल–नारायणघाट खण्डमा मैले केहीअघि गरेको अनुगमनको क्रममा त्यहाँको सडक विस्तार अर्को साढे दुई वर्षमा सक्ने विश्वास ठेकेदारले दिलाएको थियो । यस्तै काठमाडौँदेखि पोखरा खण्ड पनि चार लेनको रुपमा विकसित हुँदैछ । 

दाउन्ने मुनि टनेल मार्ग चाँडै बन्ने पनि लगभग निश्चित छ । यसले फराकिलो सडकमा बुटवलबाट चितवन हुँदै निजगढ–काठमाडौँ द्रूतमार्ग आइपुग्न चाँडै नै चारदेखि पाँच घण्टा जतिमात्र लाग्ने छ । यस्तै काठमाडौँ–पोखराको दूरी पनि तीन घण्टामा छोटिने । हामी यी दूरी अझै छोट्ट्याउन सक्ने छौं । 

गल्ती पनि भएका छन् । यदि अघिल्लो सरकारका एक मन्त्रीले बुद्धि पुर्‍याएको भए जापानीहरुले अहिले सूर्यविनायकदेखि धुलिखेल खण्ड द्रूतमार्गको रुपमा विकसित गर्ने काम गरिरहेका हुन्थे । त्यो काम सकेपछि गोंगबुबाट शुरु हुने गरी मेट्रोको काम गर्न उनीहरु इच्छुक थिए । 

त्यसो हुँदाहुँदै पनि ती आयोजनालाई फेरि ट्र्याकमा ल्याउन अहिले मेहनत गरिएको छ । आज पनि एक समूह वीपी राजमार्गको खुर्कोटबाट सुरुङ मार्ग बनाउने गम्भीर छलफलमा छ । 

अर्को दुई तीन वर्षभित्र नेपालमा सबै घरहरुमा बिजुली पुग्ने छ । अहिले पुग्न बाँकी २ देखि तीन लाख घर भएको अनुमान गरिएको छ । 

सिमेन्टको उत्पादन १५० लाख मेट्रिक टन प्रतिवर्ष पुगेको परिप्रेक्षमा सबै विपन्न नेपालीका घरहरु उनीहरुले चाहेमा पक्का बनाउन सरकारले सिमेन्टमा उहिले गोबरग्याँसमा दिएजस्तै आधुनिक घर निर्माणका सामग्रीमा सब्सिडी दिन सक्ने स्थिति छ । 

सरकारले तीब्र रुपमा काम गरेमा केही वर्षमै पुराना र जीर्ण घरहरु भूकम्प प्रतिरोधी घरले प्रतिस्थापन गर्न सक्ने स्थितिमा छौँ । 

म मुलुकलाई माया गर्ने विदेशमा रहेका, शिल्प भएका र व्यवसाय गर्ने जोश भएका, नेपालीहरुलाई पनि सके नेपाल फर्कन र यहाँँ व्यवसाय शुरु गर्न निवेदन गर्छु । यसले मुलुकभित्र रोजगारी सिर्जना हुनेछ । सकारात्मक सोचाइ बढाउने छ। हाम्रो पुस्ता उग्रवादको मोहपाशमा परे पनि नयाँँ पुस्ताले विकास विरोधी उग्रवादलाई अस्वीकार गर्नेछ । 

हाम्रो देशमा धेरै कमजोरीहरु छन् । तर हाम्रो सुन्दर देशको भविष्य राम्रो छ । यसलाई सही बाटोमा लैजान अझै मुलुक र जनताहरुलाई माया गर्ने सकारात्मक सोच भएका, देश विदेश बुझेका व्यक्तिहरुको खाँचो भने यहाँँ निकै छ । (पौडेलको फेसबुक स्टाटसबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ