arrow

सिराहामा उपेन्द्र, गठबन्धनको बैठकमा नजाने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
upendra-yadav1.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सिराहामा रहेका छन् । आज बस्ने सत्तारुढ दलका शीर्ष नेताको बैठकमा उनी सहभगि नहुने भएका छन् । जसपा एक नेताका अनुसार उनी पार्टीमा कार्यकर्ता भित्राउन व्यस्त छन् । 

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजे डाकिएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे बैठक बस्ने तय भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनेछन् ।  

बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । 

संसद्को बुधवारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ