arrow

एमसीसीका बारेमा कांग्रेसको धारणा एउटै छ : प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
mcc-deuba.JPG

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारेमा नेपाली कांग्रेसको धारणा एउटै रहेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बोल्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको कांग्रेसले यसपटक पनि एमसीसी पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने स्पष्ट अडानमा रहेको उल्लेख गरे । 

“एमसीसीका बारेमा नेपाली कांग्रेसको धारणा एउटै छ, यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ”, उनले भने । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ