arrow

कर्तव्य ज्यान उद्योगका फरार शङ्कर २० वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
Shankar subedi.jpg

पोखरा । स्याङ्जा प्रहरीले ज्यान मार्ने र चोरी मुद्दाका फरार एक जनालाई २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा सेती दोभानका शङ्कर सुवेदी रहेका छन् । 

स्याङ्जाबाट खटिएका प्रहरी अधिकृतसहितको टोलीले सुवेदीलाई बुधबार आँधीखोला गाउँपालिका वडा नं. ५ बाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीका अनुसार सुवेदीले २०५३ साल वैशाख २ गते सेती दोभानकै बलबहादुर बोगटीलाई बियरको बोतल प्रहार गरी गम्भीर घाइते बनाएका थिए । साथै बोगटीको साथमा भएको रकमसमेत चोरेर सुवेदीले लगेको आरोप छ ।

यस सम्बन्धमा मुद्दा दर्ता भई पुनरावेदन अदालत पोखराले सुवेदीलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि उनी फरार रहँदै आएका थिए । कैद सजाय भुक्तानका लागि सुवेदीलाई जिल्ला कारागार पठाइएको डिएसपी अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ