arrow

स्वतन्त्र सेनानीको परिवारलाई कांग्रेस कपिलवस्तुद्वारा सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
congress-kapilbastu-senani.JPG

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ । बैकबाट लिएको रिन तिर्न नसके पछि घर लिलाम प्रक्रिया अघि बढाए पछि कांग्रेस कपिलवस्तुले रंगरेका छोरा जाबेदलाई सो सहयोग तौलिहवा स्थित कांग्रेस पार्टी कार्यालयमा सो रकमको चेक हस्तान्तरण गरिएको हो ।

यस्तै पार्टी कार्यालयमा विगतमा काम गरेका कार्यालय सहयोगी अनिरुद्ध कहारका श्रीमतीको काजक्रियाका लागि १० हजार सहयोग गरिएको छ । अनिरुद्धको यस अघि नै मृत्यु भएको थियो । अति विपन्न परिवार भएकाले उनका परिवारलाई सहयोग गरिएको पार्टीले जनाएको छ । 

लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य पार्टी जिल्ला सभापति अब्दुल कलामले सो रकम हस्तान्तरण गरेका थिए । १ लाखको चेक पाएर खुशी भएका जाबेदले पार्टीले आफ्नो बुवाको केही भए पनि योगदानका कदर गर्दै एक लाख सहयोग गरेकोमा धन्यवाद दिए । 

‘आपत् परेको बेला पार्टीले सहयोग गरेको छ, यसले घर लिलामीको प्रक्रिया केही महिनाका लागि भए पनि रोकिएको छ ’ उनले भने । सो अवसरमा प्रदेश महामन्त्री आचार्यले पीडामा रहेका स्वतन्त्र सेनानीको परिवारलाई केही भए पनि मलम लगाउने पार्टीले काम गरेको बताए । 

उनले पार्टीमा योगदान दिएका र पीडामा रहेको नेता कार्यकर्ताको पार्टीले मूल्याङ्कन गर्ने बताए । पार्टी जिल्ला सभापति अब्दुल कलामले पीडामा रहेको पार्टीका २ पुराना कार्यकर्ताहरूलाई केही भए पनि सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । आगामी दिनमा कार्यकर्ताहरूको समस्या समाधान गर्न निरन्तर पार्टी लाग्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ