arrow

गठबन्धनलाई कांग्रेस प्रवक्ताको सुझाव - एमसीसीको पक्षमा मत हाल्ने हो कि नहाल्ने, निर्णय गर्नुपर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
prakash-sharan-mahat-congress.jpg

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसीको विषयमा सत्ता गठबन्धन दलले स्पष्ट धारणा राख्नुपर्ने बताएका छन् । दलहरूका एमसीसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै प्रवक्ता महतले भने, 'संसद्मा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो ।'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, 'प्रचण्डले एमसीसी पास गर्छौँ भने सिग्नेचर गरेका हैनन् र ?' 

प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको जनाउँदै भने, 'नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिचकिचाहट भएको छ ?' सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार हो भने ।

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने, ' एमसीसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठिक भोलि बेठीक । सत्तामा हुँदा ठिक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?'

गठबन्धनका विषयमा उनले भने 'कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन । ' 



नयाँ