arrow

ओमानलाई ११८ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
Cricket-nepal-oman1.jpg

काठमाडौं । ओमानले ४ ओभरमा २ विकेटको क्षतिमा २१ रन बनाएको छ । आइसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ । 

ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।

यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६÷ १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए । 

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक-एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ । ओमनले ४ ओभरमा २ विकेटको क्षतिमा २० रन बनाएको छ । 



नयाँ