arrow

घर जलेर पूर्णरुपमा नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
aaglagi-ilam-namsaling.gif
फाइल तस्वीर

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका घरमा गएराति आगलागी भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका-४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गएराति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताए ।

उनका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ