समयमै एमसीसी संसदमा नल्याउँदा अहिलेको अवस्था : ओली
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
800
Shares
तस्बिर– फाइल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् ।
सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् ।
ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भने, ‘पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन ।’
भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए । ओलीले संसद अवरोध निरन्तर रहने बताएका थिए ।