- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । सङ्घीय सांसदका सदस्य विद्या भट्टराईले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकिने बताएकी छन् । पोखरा-१६ अर्मलास्थित अन्नपूर्ण माविको नवनिर्मित चार कोठे पक्की भवन, शौचालय र खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै उनले सरकारी विद्यालयमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले तीव्रता पाए पनि शैक्षिक गुणस्तर भने अझै कमजोर नै रहेको दावी गरिन्।
भूकम्पपछि सांसद विकास कोषमार्फत पनि विद्यालय पुनः निर्माणका कामले तीव्रता पाएको भन्दै उनले शिक्षामा भएको लगानी अनुसार प्रतिफल पाउन नसकिएकोमा गुनासो गरिन् । भट्टराईले आफुले यस क्षेत्रको विकासका लागि कुनै कशर बाँकी नराखेको भन्दै उनले केही महत्त्वपूर्ण योजना वर्तमान सरकारले काटेकोमा चित्त दुखाइन् । उनले छिट्टै अर्मलाकोट आँटीघर मौजा सडक निर्माणको काम शुरु हुनेसमेत बताइन् ।
पोखरा-१६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले सबैको सामूहिक प्रयासबाट मात्रै शिक्षामा परिवर्तन गर्न सकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा कार्यान्वयन इकाईका प्रमुख नारायण सुवेदी, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, पूर्व वडाध्यक्ष दानबहादुर बानियाँ, जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमा अधिकारी गौतम, पूर्व अध्यक्ष कुलप्रसाद भट्टराई, वडा सदस्य राजेश गुरुङ, प्रधानाध्यापक माधव प्रसाद आचार्य, सह प्रधानाध्यापक भीम प्रसाद सुवेदी लगायतले बोलेका थिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, जलिला कार्यान्वयन इकाइको ६८ लाख ६५ हजारको लागतमा पक्की भवन, १४ लाख ४९ हजारको लागतमा शौचालय, सात लाख ४० हजारको आर्थिक सहयोगमा उक्त योजना सम्पन्न भएको विद्यालयले जनाएको छ ।