arrow

लघुकथा समाजका दुई पुरस्कारबाट पौडेल र भण्डारी सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
laghukatha-samaj-nepal-2078-award.jpg

काठमाडौं । लघुकथा समाज नेपालका दुई पुरस्कारबाट साहित्यकारहरु मधुवन पौडेल र हरिप्रसाद भण्डारी सम्मानित भएका छन् । लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–२०७८’ र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ प्रदान गरिएको हो । 

‘सावित्री–केशर कथा सम्मान–२०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील वरिष्ठ कथाकार पौडेललाई प्रदान गरिएको हो । सो सम्मान प्रमाणपत्रका साथै २१ हजार रुपैयाँ नगद राशि रहेको छ ।

साथै समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान-२०७८’ लघुकथा लेखनमा लामो समयदेखि सक्रिय लघुकथाकार भण्डारीलाई प्रदान गरेको हो । उक्त सम्मान पनि प्रमाणपत्रका साथै नगद राशि २१ हजार रुपैयाँ रहेको छ ।

राजधानीमा गरिएको एक कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार रोचक घिमिरेले पुरस्कार हस्तान्तरण गरे । सम्मानित कथाकार पौडेल तीसको दशकदेखि नै साहित्य लेखनमा सक्रिय छन् । कूटनीतिक सेवामासमेत रहेका पौडेलको ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’लगायत कथासंग्रह प्रकाशित गरेका छन् । 

वरिष्ठ लघुकथाकार भण्डारीका तीनवटा लघुकथाकृति प्रकाशित भइसकेका छन् । उनका विभिन्न विधाका करिब ११ वटा कृति प्रकाशित छन् । विनय कसजूका लघुकथामा व्यंग्य विषयमा एमफिल गरेका भण्डारी नेपाली लघुकथामा व्यंग्य विषयमा विद्यावारिधि गर्दैछन् । 

कार्यक्रममा समालोचक वरिष्ठ कवि अशेष मल्ल, समालोचक लक्ष्मणप्रसाद गौतम, लघुकथाकार सुमन सौरभ, सिन्धु गौतमलगायतले बोलेका थिए । 

कार्यक्रम लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ