arrow

घनश्याम ज्ञवाली ‘पुलिस अफ द मन्थ’ घोषित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
Ghanashyam gyanwali.jpg

गोरखा । प्रहरी जवान घनश्याम ज्ञवाली फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । हरेक महिना राम्रो काम गर्ने एक जना प्रहरीलाई पुलिस अफ द मन्थ पदबाट सम्मान गर्दै आएको गोरखा प्रहरीले आइतवार ज्ञवालीलाई माघ महिनामा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत उनले प्रशासन, तालिम तथा सूचना प्रविधि शाखामा रहेर आफूलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही पूरा गरेको भन्दै उनलाई प्रहरी उपरीक्षक शेखर खनालले पुरस्कृत गरेका हुन् ।

प्रहरीहरुको मनोबल उच्च राख्न गोरखा प्रहरीले हरेक महिना ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै पुरस्कृत गर्ने गरेको छ । पुरस्कृत प्रहरीको फोटो एक महिनासम्म जिल्ला प्रहरी कार्यालयको गेटमा राख्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ