arrow

सीजी डिजिटलले 'बिग सीजी डे २२.२.२२' मनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
cg-digital-cg-big-day.jpg

काठमाडौँ। चौधरी ग्रुप अन्तर्गत सीजीडिजिटल ईकमर्सले बिग सीजी डे २२.२.२२ योजना ल्याएको छ। बिग सीजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रूपमा “सीजी डे” ईकमर्सले मनाउने पनि जानकारी गराएको छ।

यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रडक्ट र सेवाहरू विशेष आकर्षक छुटमा यही फागुन १० देखि फागुन १६ गते सम्म उपलब्ध हुनेछ। 

यस योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै रु पहिलो २२ जना ग्राहकहरूलाई रु २,२०० बराबरको फ्री गिफ्ट, जस्ता विशेष सुविधा र छुटहरू पनि उपलब्ध रहेको छ।

बिग सीजी डे २२.२.२२ मा सीजी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेशन, सीजी हस्पिटालिटि, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्सुरेन्सका विभिन्न प्रडक्ट तथा सेवा सुविधाहरूमा विभिन्न अफर रहेको छ।

यो बिग सीजी डे cgdigital.com.np अथवा सीजी डिजिटल एपमा लगइन गरी यस बिग सीजी डेको अफरहरूको फाइदा ग्राहकहरूले उठाउन सक्ने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ