पोखरा । र्यापर आशिष राना ‘लाहुरे’ धरौटीमा रिहा भएका छन् । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।
न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् । तर सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।
लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते राति लाहुरेसहित चार जना पोखराको न्यूरोड र सभागृह चोकबाट पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको थियो ।