arrow

दाउरा चिर्नेमा विवाद : श्रीमतीलाई बन्चरोले हानेर हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
axe-attack.jpg

सिन्धुपाल्चोक । श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा  जिवन तामाङ पक्राउ परेका छन् ।  

आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

दाउरा चिर्ने विषयमा विवादका कारण जीवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ