arrow

ट्राफिकको ‘स्वीप अपरेशन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
no-parking-action.jpg

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई कारवाही गर्ने विशेष अपरेशनलाई निरन्तरता दिएको छ । बुधबार ललितपुरको पाटन क्षेत्रमा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन स्वीप अपरेशन चलाएको हो ।
 
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ्ग गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन यो अभियान सञ्चालन गरेको बताए । 

यसले आम सडक प्रयोगकर्ताहरूलाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिएको उनले बताए । 

उनले ‘नो पार्किङ्ग’ जोन र अन्य सवारी आवागमनलाई असर गर्ने गरी पार्किङ्ग गरेका सवारी साधनलाई हटाउने यस अभियानलाई थप प्रभावकारी बनाइने समेत बताए । अनधिकृत पार्किङ्ग हटाउने अभियानलाई निरन्तरता दिँदै बुधबार ललितपुरको पाटन क्षेत्रमा ३७ सवारी साधनलाई कारबाही गरेको छ । 

ट्राफिक प्रहरीले अनधिकृत स्थानमा पार्किङ्ग गर्ने त्यस्ता सवारी चालकहरूलाई कारबाही गर्नुका साथै जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ्ग नगर्नसमेत सचेत गराएको छ ।
 
त्यस्तै बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेशनमा बुधबार १०० सवारी साधनलाई कारवाही गरिएको छ भने आसपासका अन्य सडकहरूमा पार्किङ्ग व्यवस्थापन समेत गरिएको महाशाखाले जनाएको छ ।
 
कोरिडोर सडकहरूमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ ।
 
महाशाखाले सम्पूर्ण सवारी चालकहरूलाई सवारी आवागमनमा असर पर्ने गरी अनधिकृत स्थानमा पार्किङ्ग नगर्न विशेष अनुरोधसमेत गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ