arrow

एमसीसीबारे निर्णय गर्ने अधिकार महन्थ ठाकुरलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
mahantha.JPG

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । 

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बसेको संसदीय दलको बैठकले (एमसीसी) सम्झौता सदनमा प्रवेश पाएपछि मुलुकमा उत्पन्न समसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल गरेको हो ।

बैठकले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवं संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै उक्त पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ