arrow

म्याग्दीका पुन लागुऔषधसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
sandip pun.jpg

पोखरा । प्रहरीले लागुऔषधसहित बुधबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्ग बस्ने म्याग्दी रघुगंगा-७ का २१ वर्षीय सन्दीप पुन रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पुनलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

पुनको साथबाट लागुऔषध डाईजापाम-७५ एम्पुल, फेनेरागन-७५ एम्पुल र नुर्फिन-७५ एम्पुल गरी जम्मा २२५ एम्पुल र मोबाईल एक थान बरामद भएको प्रहरीले जनाएको छ । 

पुनलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा सात दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ