arrow

नेपाल र अमेरिकाबीचको सम्बन्धमा चीनलाई बोल्ने अधिकार छैन –राष्ट्रिय एकता अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
china-flag.jpg
तस्बिर– फाइल

काठमाडौं । चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले नेपाल र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमएमसी) लाई जोडेर गरेको ट्वीटप्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ सहायक विदेशमन्त्री छुनयिङले गरेको उक्त ट्वीटप्रति आपत्ति जनाएका हुन् । नेपाल र अमेरिकाबीच कुन शर्तमा कस्तो खालको सहयोग आदानप्रदान हुने अथवा नहुने यो दुई देशबीचको नितान्त द्विपक्षीय मामिला रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष यादवले भने, ‘नेपाल र अमेरिका बीचको सम्बन्धमा खलल पुर्याउने खालको चिनियाँ सहायक विदेशमन्त्री छुनयिङले गरेकी हुन्, उनलाई नेपाल र अमेरिकाबीच हुने कुनै पनि सम्झौतामा बोल्ने अधिकार छैन ।’

उनले नेपाल र अमेरिकाबीच हुने कुनै पनि सम्झौतामा तेस्रो कुनै मुलुकलाई बोल्ने अधिकार नभएको बताए । उनले भने, ‘यस विषयमा तेस्रो कुनै मुलुकद्वारा गरिएको टिप्पणी अशोभनीय हो। मित्र राष्ट्र चीनलाई नेपालको अन्य मुलकसँग हुने सम्बन्धमा दरार पैदा नगर्न अभियानको आग्रह छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ