- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मस्को [रूस] । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् ।
"फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको" क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ।
सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत व्याख्या गरेको जनाइएको छ। दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पनि बताइएको छ ।
युक्रेनको राजधानी शहरमा रुसी विशेष सैन्य कारबाही दोस्रो दिनमा प्रवेश गर्दा धेरै विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
सोमबार पुटिनले युक्रेनको अलग क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र हैसियतका रूपमा मान्यता दिएपछि डोनबास क्षेत्रका मानिसहरूलाई "सुरक्षा" गर्न विशेष सैन्य अपरेशनको आदेश दिइएको रुसको दाबी छ ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र रुस विरुद्ध प्रतिबन्ध लगाएका छन् ।