- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रसँगको वार्ता सकारात्मक नभएपछि देउवा बालकोट पुगेका हुन् ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल गर्न देउवा ओलीलाई भेट्न निवास बालकोट पुगेका हुन् । गत फागुन ८ गते एमसीसी संसद्मा टेबल भएपछि देउवाले सक्रियता बढाएका छन् । । अबको दुई दिनमा अमेरिकी सहायता परियोजना एमसीसी पास गर्नुपर्ने दबाब कांग्रेसलाई छ ।
देउवासहित कांग्रेसबाट वार्तामा महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । बालकोटमा ओलीसहित एमालेका अन्य शीर्ष नेताहरू पनि रहेका छन्।