arrow

कांग्रेस मकवानपुर सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
Untitled-1.jpg

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।शुक्रबार कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्दै पराजुलीले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेस संस्थापन पक्षका पराजुलीले आफ्नो प्रतिबद्धता, आगामी योजना र सभापतिमा अत्याधिक मत दिएर विजयी गराउन अनुरोध गर्दै उम्मेदवारी घोषणा गरे ।

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै पराजुलीले आफु सभापतिमा निर्वाचित भएपछि पार्टीको विचार र जिल्लाको विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘कांग्रेसले जनतामाझ आफ्नो पार्टीको विचार स्थापित गर्न आवश्यक छ ।’, उनले भने, ‘विचारसँगसँगै विकासलाई पनि ध्यानमा राखेर जनतामाझ विकास निर्माणलाई समेत तीब्रता दिनेतर्फ मेरो ध्यये रहनेछ ।’

उनले बर्षौंदेखि आफुले मकवानपुरमा कांग्रेस बृद्धि हुनुमा पार्टीको विचार र जिल्लाको विकासलाई सँगैसँगै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । उनले आफुलाई सहर बजारदेखि कुना कन्दराका कार्यकर्ताले खोजेको बेलामा भेट्ने र उनीहरुको समस्या समाधानका लागि हरदम लागि पर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा पराजुलीले १४ बुँदै प्रतिबद्धतासमेत घोषणा गरे । उनले एकताबद्ध सुदृढ र सबल पार्टी निर्माण, समावेशी स्वरुप र समावेशी प्रतिनिधित्वमूलक पार्टी निर्माण, तीनै तहको सरकार निर्माण, निर्वाचनमा निरन्तर क्रियाशील, योग्य र लोकप्रिय उम्मेदवारी, युवामैत्री कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

पराजुलीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा अग्रजहरुको पहिचानसहित उच्च सम्मान, भातृ तथा शुभेच्छुक संस्थाको योगदान अभिलेख, हाम्रो पहिचान राजनीतिसँग स्वरोजगार अभियान, कांग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने अभियान, सक्रिय कार्यकर्ताको उल्लेखनीय बृद्धि, कार्यकर्ताको मनोबल उच्च राख्न कार्यकर्ता प्रशिक्षक कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ