arrow

‘संसदमा नै हामीलाई सहभागी नगराएपछि एमसीसी पास गर्ने कसरी र फेल गराउने कसरी ?’ –केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
kp-oli-new.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । 

प्रगतिशील पेसागत कानून व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टी बाहिर नजाने बताएका हुन् । 

‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उनले भने, ‘संसद्मा सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसदमा नै हामीलाई सहभागी नगराएपछि एमसीसी पास गर्ने कसरी र फेल गराउने कसरी ?’

अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भए पनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वेच्छाचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताए । ‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ । हाम्रो विधि कहाँ पुग्छ ?’ उनले प्रश्न गरे । उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लगाइएको महाभियोग पारित गर्न नल्याएको स्पष्ट पारे । “राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन”, उनले भने, “महाभियोग निर्णायार्थ प्रस्तुत गर्न ल्याएको होइन ।” सबै क्षेत्रमा न्याय र समानतासहितको समृद्ध नेपाल हुनुपर्नेमा उनले जोड दिए ।  

सम्मेलनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ