arrow

जसपा पनि एमसीसीको पक्षमा !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
baburam-upendra.jpeg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी संसद्बाट  अनमोदन गराउने पक्षमा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (एस) सकारात्मक बनेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि एमसीसीको पक्षमा उभिने लगभग निश्चित भएको छ । 

आइतबार दिउँसो बस्ने जसपाको कार्यकारिणी समितिको बैठकले एमसीसीको विषयमा निर्णय गर्ने कार्यकारिणी समितिका सदस्य मिगेन्द्रसिंह यादवले बताए । जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई शुरुदेखि नै एमसीसीको पक्षमा खुलेर लागेका छन् । 

भट्टराई र भट्टराई निकट सासदहरूले एमसीसीको पक्षमा निर्णय गराउन कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन् । यादव अहिलेसम्म यस विषयमा खुलेका छैनन् । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले एमसीसीको विषयमा संस्थागत निर्णय गर्न संघीय परिषद्का अध्यक्ष डा.भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र नेता अशोक राईलाई जिम्मा दिएको थियो । 

आइतबार कार्यकारिणी समितिको बैठक बस्नुअघि भट्टराई, यादव र राईले छुट्टै बैठक गर्ने भएका छन । एमसीसीको विषयमा यी नेतावीच एउटै धारणा बने पछि कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम तय गरिएको जसपाका नेताहरुले जनाएका छन् ।  

जसपा स्रोतका अनुसार जसपाका बहमुत सांसदहरु एमसीसीको पक्षमा उभिएका छन् । यसबाट पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दबाब बढेको छ । प्रतिनिधि सभामा हरिनारायण रौनियार र रेशम चोधरी बाहेक जसपाका १९ जना सांसद् छन् । 

अर्को तराई मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीले भने एमसीसीको पक्षमा संस्थागत निर्णय गरेको छ । प्रतिनिधि सभामा लोसपाका १३ जना सांसद् छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ