arrow

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेष्डर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
eaewa-tours-bijaya-lama.jpg

काठमाडौँ। नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा  ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त हुनु भएको छ। शुक्रवार एक कार्यक्रमका बीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो। कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौता पत्रमा हस्ताक्षर भयो। क्याप्टेन विजय लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शिता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रूपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने, “विजय लामा जस्तो बहु आयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा हामीलाई गर्व महसुस भएको छ। कार्यक्रममा एफवान थप पारदर्शिता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”

यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले, “नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको बताए। इसेवाले आन्तरिक टिकटिङ्ग क्षेत्रमा आफूले प्रुफ गरिसकेको छ र अन्तर्राष्ट्रिय टिकटिङ्गको क्षेत्रमा पनि आइफुलाई प्रुफ गर्ने विश्वास रहेको छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु।”

कार्यक्रममा एफवान सफ्टका सिइओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङ्गको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे।

इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरूको समेत टिकट विक्री गर्न सुरु गरेको छ। वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवा मार्फत कुनै पनि देशका कुनै पनि गन्तव्यका हवाई टिकट सहजै काट्न सकिन्छ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ।इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ