एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रस्ट पारिदिएको छ : सांसद भुसाल
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
997
Shares
काठमाडौँ। नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले एमसीसीमाथि सरकारले वयात्मक घोषणा गरेर प्रस्ट पारिदिएको बताएकी छन्। आइतबार संसद्को दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने बताएकी छन्।
'यसले नेपालमा रोजगारी वृद्धि गर्नेछ। सडक विस्तार हुनेछ। विद्युत् बढाउन सहयोग पुग्नेछ। जसले गर्दा अर्थतन्त्र बलियो हुनेछ,' उनले भनिन्।
उनले एमसीसी दुई पक्षीय सम्झौता भएको र यसमा आर्थिक सुशासन तथा पारदर्शिता भएको बताएकी छन्। त्यसैले उनले समय सिमभित्रै यसको रकमलाई सदुपयोग गर्नुपर्ने धारणा राखेकी छन्। विश्वका ४६ देशमा यो परियोजना लागू भएकाले नेपालमा पनि लागू हुँदा देशको हितमै हुने बताएकी छन्।