arrow

कांग्रेस मकवानपुर : तीन घण्टा ढिला गरी मतदान

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ फागुन १६ सोमबार
cm-hamrakura.jpg

हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत भर्खरै मतदान प्रकृया शुरु भएको छ। निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी भर्खरै मतदान प्रकृया सुरु भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका छन्। बिहान ८ बजेदेखि मतदान शुरु हुने तालिका थियो। आइतबारदेखि शुरु भएको कांग्रेस मकवानपुरको अवधिवेशन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ डल्फिन चौरमा हुँदैछ।

चुनावमा एक सभापति पदका लागि ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदका लागि ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ।

सभापति पदमा हालका सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका निर्वतमान सभापति आनन्दराम पराजुली र जयराम लामिछानेले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा लामा र पराजुली संस्थापन पक्ष निकट हुन् भने लामिछाने संस्थापन इतर पक्षका हुन्।

मतदानमा मकवानपुरका १०२ वटा वडासभापति, क्षेत्रिय सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधि गरी करिब १ हजार ९ सय जना मतदाता सहभागी हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ