arrow

नेपाली काँग्रेसको ६ जिल्लामा अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
Nepali-Congress-Party-Flag.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ। अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो। 

क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो। पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए।

निर्वाचन कार्य तालिका अनुसार आइतबार मनोनयन दर्ता, दाबी विरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो।

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ