arrow

‘देउवाको यात्रा अब सर्वमान्य र सर्वस्वीकार्य नेताको बाटोमा बढ्यो’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
kiran-giri-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व केन्द्रीय सदस्य किरण गिरीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको यात्रा अब सर्वमान्य र सर्वस्वीकार्य नेताको बाटोमा अगाडि बढेको बताएका छन् । 

संसदीय मामिला पत्रकार समाजका वरिष्ठ सदस्यसमेत रहेका गिरीले संसदबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी प्रस्ताव ब्याख्यात्मक टिप्पणीसहित पारित भए लगत्तै एउटा रेडियो अन्तर्वार्तामा बोल्दै भने, ‘गठबन्धनमा विकास परियोजना एमसीसी अनुमोदनको निर्णय गराउन सफल भएर प्रधानमन्त्री तथा आदरणीय सभापति देउवाले वर्तमान नेपालको राजनीतिमा अभाव रहेको राजनेता एवं अभिभावकको अभाव पूरा गर्नु भएको छ ।’

नेता गिरीले अगाडि भने, ‘गत वर्ष तत्कालीन नेकपाबाट सिर्जित राजनीतिक र संवैधानिक प्रतिगमनलाई सबै दलहरुको अभिभावक भएर प्रधानमन्त्री तथा आदरणीय सभापति देउवाले नै परास्त गर्दै  समाधानको नेतृत्व दिनुभएको थियो ।’

सबै संकटको समाधान अनि मुलुक र जनता भरपर्दो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भन्ने कुरा फेरि एक पटक पुष्टि भएको बताउँदै उनले थपे, ‘देउवामा देशले आँखा चिम्लिएर भर पर्न सक्ने नेतृत्व शिखर व्यक्तित्व निर्माण भएकोमा हामी कांग्रेस र कांग्रेसीजनहरु अत्यन्तै हर्षित र गौरवान्वित छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ