arrow

काँग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने

logo
रासस,
प्रकाशित २०७८ फागुन १६ सोमबार
congress-flag3.jpg

कैलाली। नेपाली काँग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ। काँग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए।

मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक हजार १६९ मत प्राप्त गरेका छन्। त्यस्तै अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन्। निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो भने ४८ मत बदर भएको छ।

सभापतिका लागि अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ। सबैभन्दा कम मत ल्याएका कलेल भने प्रतिस्पर्धाबाट बाहिरिएका छन्।–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ