arrow

महाशिवरात्रीमा सयभन्दा बढीले गरे रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
blood-donation-.jpg

काठमाडौं । कोरोना महामारी पछि रगत अभाव भइरहेको समयमा महाशिवरात्रीको दिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा सय भन्दा बढीले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति, गौशालाको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको हो । 

नेपाल मानव धर्म सेवा समिति सबैभन्दा बढी रक्तदान गर्ने संस्था मध्ये एक हो । २०७० सालमा समिति ब्लड डोनर एशोशियसनबाट सबैभन्दा बढी महिला रक्तदाता गराउने संस्थाको रूपमा सम्मानित भएको  थियो । ब्लड डोनर एसोसिएसनका अनुसार रगतको कमी पुरा गर्न संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल जनसङ्ख्याको २ प्रतिशतले रक्तदान गरे रगतको कमीलाई पुरा गर्न सकिन्छ । तर रक्तसञ्चार सेवा केन्द्रका अनुसार नेपालमा एक प्रतिशत भन्दा पनि कमले रक्तदान गदै आएका छन् । यस्तो अवस्थामा संस्थाको योगदान महत्त्वपूर्ण रहेको एसोसिएसनका कोषाध्यक्ष मचकाजी महर्जन बताउछन् । 

विज्ञानले सबै कुराको विकाश गरे पनि रगतको विकाश गर्न सकेको छैन । यदि कसैलाई रगतको कमी भए त्यसलाई पुरा गर्न स्वस्थ व्यक्तिबाट रगत लिनुको अर्को विकल्प नभएको पनि उनले स्पष्ट पारे । 

समितिबाट २०७८ असोज ६ मा ४ सय ३ जनाले रक्तदान गरेका थिए । २०७७ फागुन २७ मा एक सय आठ जनाले रक्तदान गरेका थिए । त्यस्तै २०७६ जेठ ३२ करिब एक हजार पिन्ट रगत सङ्कलन गरिएको थियो भने असोज ४ मा देशभरिबाट एक हजार दुई सय ३७ जनाले रक्तदान गरेका थिए । 

समितिले विभिन्न अवसर पारेर पटक पटक रक्तदान गराउने तथा पशुपति तथा गौशाला परिसरमा पशुपति क्षेत्र विकाश कोषसँग समन्वय परि सरसफाइ जस्ता सामाजिक सेवाका कार्यक्रम गदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ