arrow

महाशिवरात्रीमा सय भन्दा बढीले गरे रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
3.JPG

काठमाडौं । कोरोना महामारी पछि रगत अभाव भइरहेको समयमा शिवरात्रीको दिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा सय भन्दा बढीले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति, गौशालाको प्रांगणमा रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल मानव धर्म सेवा समिति सबैभन्दा बढी रक्तदान गर्ने संस्था मध्ये एक हो । २०७० सालमा समिति व्लड डोनर एशोशियसनबाट सबैभन्दा बढी महिला रक्तदाता गराउने सस्थाको रुपमा सम्मानित भएको  थियो । ब्लड डोनर एसोसिएसनका अनुसार रगतको कमि पुरा गर्न सस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको २ प्रतिशतले रक्तदान गरे रगतको कमिलाई पुरा गर्न सकिन्छ । तर रक्तसञ्चार सेवा केन्द्रका अनुसार नेपालमा एक प्रतिशत भन्दा पनि कमले रक्तदान गदै आएका छन् । यस्तो अवस्थामा सस्थाको योगदान महत्वपूर्ण रहेको एसोसिएसनका कोषाध्यक्ष मचकाजी महर्जन बताउँछन् । 

विज्ञानले सबैकुराको विकाश गरेपनि रगतको विकाश गर्न सकेको छैन । यदि कसैलाई रगतको कमि भए त्यसलाई पुरा गर्न स्वस्थ्य व्यक्तिबाट रगत लिनुको अर्को विकल्प नभएको पनि उनले स्पष्ट पारे 

समितिबाट २०७८ असोज ६ मा ४ सय ३ जनाले रक्तदान गरेका थिए । २०७७ फागुन २७ मा एक सय आठ जनाले रक्तदान गरेका थिए । त्यस्तै २०७६ जेठ ३२ करिब एक हजार पिन्ट रगत संकलन गरिएको थियो भने असोज ४ मा देशभरबाट एक हजार दुई सय ३७ जनाले रक्तदान गरेका थिए ।

समितिले विभिन्न अबसर पारेर पटक पटक रक्तदान गराउने तथा पशुपति तथा गौशाला परिषरमा पशुपति क्षेत्र विकाश कोषसंग समन्वय परि सरसफाई जस्ता समाजिक सेवाका कार्यक्रम गदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ