arrow

कांग्रेस नेता गौतमले भूमि दान गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
sanjay-gautam-daan.JPG

काठमाडौँ । बर्दिया क्षेत्र नं १ का सांसद तथा पूर्व सिचाई मन्त्री सञ्जय गौतमले आध्यात्मिक ज्ञानको प्रचार गर्न भूमिदान दिने भएका छन् । 
नेपाली कांग्रेसका नेता गौतमले नेपाल मानव धर्म सेवा समिति बर्दियाका लागि आश्रम निर्माण गर्न भूमि दान दिने सङ्कल्प गरेका हुन् । 

महाशिवरात्रीको अवसर पारेर नेपाल मानव धर्म सेवा समिति, काठमाडौंले आयोजना गरेको विशेष सत्सङ्ग समारोहमा उनले यस्तो सङ्कल्प गरे । 

कार्यक्रममा बोल्दै पूर्व मन्त्री गौतमले अध्यात्म विना राजनीति मात्र अगाडि बढ्न नसक्ने बताए । त्यसैले अबका दिनमा राजनीतिसँगै अध्यात्मलाई पनि अगाडि लिएर जाने प्रतिबद्धता व्यक्त गरे ।
 
सत्सङ्ग कार्यक्रममा बोल्दै समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली वाईजीले शिवरात्रीमा आफ्नै प्राणेश्वरको ध्यान गर्नुपर्ने बताइन् ।
 
अशान्त मनलाई अध्यात्मले मात्र शान्त बनाउन सक्ने भएकाले मन शान्त बनाउन पनि ध्यान गर्नुपर्नेमा उनले जोड दिइन् । जति मन वैराग्य भयो उति नै ध्यानमा मन लाग्ने भएकाले मनलाई वैराग्य बनाउनुपर्नेमा उनको जोड थियो ।
 
सो अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन् । समितिमा आबद्ध व्यक्ति तथा अन्य व्यक्तिले कार्यक्रममा रक्तदान गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ