arrow

माछा मार्ने क्रममा सरिताको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
death_1618213452.jpg

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका-३ हर्राचौर निवासी २६ वर्षीया सरिता थापाको मृत्यु भएको हो । 

उनी सोही स्थानकै हुग्दी खोलामा करेन्ट लगाएर माछा मार्न गएकी थिइन् । करेन्ट लगाउँदा बेहोस् भएकी उनलाई स्थानीयवासीले अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ