arrow

शेर्पा समुदाय ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
gyalbo-lhosar.jpeg
तस्बिर– फाइल

काठमाडौं । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार ।  सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । 

सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ