arrow

कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतदान, गौडेल, हमाल र कुर्मीबीच भिडन्त 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
banke-congress-goudel-hamal-kurmi.jpg
तस्बिर– सभापतिका उम्मेदवारहरु मतदान गर्दै बायाँदेखि क्रमशः गौडेल, हमाल र कुर्मी ।

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतदान भइरहेको छ । नयाँ नेतृत्व चुन्न बिहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान शुरु भएको हो । पहिलो मतदान सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलले गरेका छन् । 

त्यस्तै सभापतिका अरु दुई जना उम्मेदवारहरु सुरेन्द्र हमाल र बादशाह कुर्मीले पनि मतदान गरेका छन् । बाँके कांग्रेस सभापति किरण कोइरालाले पनि मतदान गरेकी छिन् । गौडेल संस्थापन इतरका एक्ला उम्मेदवार हुन् भने संस्थापन समूहबाट हमाल र कुर्मी रहेका छन् ।

 निर्वाचनमा १४ सय ९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान हुन भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान चल्नेछ । 

सभापतिमा तीन जना, उपसभापति, सचिव र सहसचिवमा ४–४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह प्रतिष्पर्धामा छन् । 

उपसभापतिमा गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्ण बहादुर कार्की र सुदिपनरसिंह राणा तथा सहसचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जु कुमारी चौधरी र सहसचिवमा रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोदकुमार थारु प्रतिष्पर्धी छन् । 

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदान लगत्तै मगगणना शुरु हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ