arrow

बाँके कांग्रेस अधिवेशनः ३ घण्टामा  ५७५ मत खस्यो 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274720489_399980035145328_1973310728819868833_n.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतदान भइरहेको छ । नयाँ नेतृत्व चुन्न विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भइरहेको मतदानमा अहिले  ३ घण्टा सम्ममा ५७५   मत खसेको  छ ।  अहिले मतदाताहरु मतदान गर्न लामबद्द भएर बसिरहेका छन् ।


आज बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा  संस्थापन इतरबाट सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेलले पहिलो मतदान गरेका हुन् । निर्वाचनमा १४ सय ९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान हुन भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान चल्नेछ । 

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदान लगत्तै मगगणना शुरु हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ