arrow

नेपाल आउने सामान रोक्दै चीनले किमाथांका नाका ठप्प पार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
kimathanka.PNG

काठमाडौं । चीनले नेपालसँग जोडिएको संखुवासभाको सीमा किमाथांकाबाट सामग्री आयात हुनबाट रोक लगाएको छ । नेपालले यो सीमाबाट दैनिक रुपमा प्रयोग हुने खाद्यवस्तु, निर्माण सामग्री, उपकरणलगायतका अत्यावश्यक वस्तु आयात गर्ने गरेको थियो । 

अहिले चिनियाँ अधिकारीहरुले आयात ठप्प पार्दा यस क्षेत्रका स्थानीयवासीलाई संकट परेको छ । सरकरी पक्षबाट सीमा सञ्चालनमा ल्याउन पहल भएपछि अहिले त्यसबारे तयारी भइरहेको छ ।

चीनले कोभिड-१९को महामारी शुरु भएयतादेखि यीलगायतका अन्य सीमामासमेत नेपाली सामान बोकेका ट्रक र कन्टेनरहरुलाई रोक्न थालेपछि नेपाली व्यापारीहरु मर्कामा पर्ने गरेका छन् ।

नेपाल र चीनबीचको व्यापारमा ठूलो गिरावट आएको छ भने नेपालले निर्यात गर्न पाइरहेको छैन ।

यस विषयमा ल्हासाका नेपाली महावाणिज्य दूत नवराज ढकालले चीनको टार पोर्ट र वाणिज्य सम्बन्धित अधिकारीहरूसँग भेटवार्ता गर्दै केरुङबाट नेपाल जाने कार्गोको सङ्ख्या बढाउने विषयमा छलफल गर्ने गरेको बताउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ