arrow

कांग्रेस चितवनमा कोइराला समूहबाट राजेश्वर खनाल उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
rajeshow-khanel.jpg

चितवन । नेपाली कांग्रेस चितवनको शुक्रबार हुन लागेको अधिवेशनमा डा. शेखर कोइराला समूहका आधिकारिक उम्मेदवार राजेश्व खनाल हुने भएका छन् । सो समूहको बैठकले खनाललाई नै आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । 

आफ्नो समूहको आधिकारिक उम्मेदवार खनाल भएकाले सोहीअनुसार अघि बढ्न जिल्लाबाट केन्द्रीय सदस्य भएका र अन्य प्रभावशाली नेताहरूलाई सर्कुलर भइसकेको छ। खनाललाई डा शेखर समूहसहित कोइराला परिवारका अन्य सदस्यको पनि समर्थन रहेको छ।

डा. शेखर कोइरालाको आधिकारिक उम्मेदवार खनालको मुख्य प्रतिस्पर्धा अब प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठसँग हुनेछ। श्रेष्ठ प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । उनलाई जिताउन सङ्घीय मन्त्री एवं केन्द्रीय सदस्य उमेश श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठलगायत खुलेरै लागेका छन्।

यसअघि बुधबार कोइराला समूहको साझा उम्मेदवार तय गर्न केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगायतले पहल गरेका थिए । बिहीबार मनोनयन दर्ताको क्रम सकिएपछि शुक्रवार बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा मतदानको कार्यक्रम तय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ