arrow

महोत्तरी कांग्रेस नेतृत्वमा त्रिपक्षीय भिडन्त, शुक्रबार मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
congress-mahottari.jpg

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको नेतृत्व चयनका लागि शुक्रबार २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।  जिल्ला सभापतिको लागि यहाँ तीन जना  मैदानमा उत्रिएका छन् ।

नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् ।  पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ । 

पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेको उनीहरूको दावी छ ।

तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेताकार्यकर्ताबीच चर्चामा छ । पौडेल समूहकै छलफलबाट  उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ ।

‘अधिवेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ’, कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने । पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लबिङ्ग गरेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ