arrow

बाँके कांग्रेस सभापतितर्फको मतगणना शुरु, तीन जनाबीच भिडन्त, ५० प्रतिशत बढी मत नल्याए पुनः मतदान

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
banke-congress-goudel-hamal-kurmi.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतगणना शुरु भएको छ। बिहान ९ः१५ बजेदेखि  अप्रराह्न ४ बजे सकिएको मतदानमा  १४४५ जनाले मतदान गरेका छन् ।

कुल १४ सय ९३ मत संख्या मध्ये ४८ जना मतदाता उपस्तिथ नभएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ। आज सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज अपराह्न ४ बजेसम्म मतदान भएको थियो।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ । नसके पुनः शीर्ष दुईबीच भिडन्त हुनेछ । अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

सभापतिमा तीन जनाबीच भिडन्त भइरहेको छ । नारायणप्रसाद गौडेल, सुरेन्द्र हमाल र बादशाह कुर्मी मैदानमा छन् । गौडेल संस्थापन इतरका एक्ला उम्मेदवार हुन् भने संस्थापन समूहबाट हमाल र कुर्मी रहेका छन् ।

सभापतिमा तीन जना, उपसभापति, सचिव र सहसचिवमा ४–४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह प्रतिष्पर्धामा छन् । 

उपसभापतिमा गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्ण बहादुर कार्की र सुदिपनरसिंह राणा तथा सहसचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जु कुमारी चौधरी र सहसचिवमा रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोदकुमार थारु प्रतिष्पर्धी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ