arrow

कैलाली कांग्रेस सभापतिमा नारायण भट्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
narayan-datta-bhatta-kailali-congress-president-14th.jpg

धनगढी । नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् । 

सभापतिमा विजयी भएका भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । 

पहिलो चरणबाट बाहिरिएको कोइराला समुहले बमलाई समर्थन गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा कोइराला पक्षले १ सय ९७ मत ल्याएको थियो । कोइराला पक्षले सहयोग गर्ने घोषणा गरे पनि बमको मत भने पहिलो चरण भन्दा दोश्रो चरणमा घटेको छ । प्रकाश बमले पहिलो चरणमा १ हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ ।  

कांग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोस्रो चरणको मतदानमा २ हजार ४ सय ६७ मतदाता सहभागी भएका थिए । सभापतिको टुङ्गो लागेसँगै रातिदेखिनै अन्य पदाधिकारीको मत गणना शुरु हुने कांग्रेस कैलालीका लागि निर्वाचन अधिकृत टेकनाराण सुवेदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ