arrow

कांग्रेस पर्सामा संस्थापन निकट क्षेत्रीको प्यानल नै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
275261045_502487901388366_4388138363511184806_n.jpg
तस्बिर– फाइल

पर्सा । नेपाली कांग्रेस पर्साको अध्यक्षमा पार्टी संस्थापन निकट जनार्दन सिंह क्षेत्रीको प्यानल नै विजयी भएको छ । शुक्रबार बिहान सम्पन्न अन्तिम परिणाम अनुसार क्षेत्री निकटतम प्रतिद्वन्द्व श्याम पटेल भन्दा ४६५ मत बढी प्राप्त गरी विजयी भएका हुन् ।

जनार्दन सिंह क्षेत्रीले १११० मत प्राप्त गरे भने श्याम पटेलले ६४५ ल्याए । त्यस्तै जिल्ला उपसभापतिमा राम नारायण कुर्मी र अशोक गुप्ता निर्वाचित भएका छन् । कुर्मीले १२३५ मत प्राप्त गरे भने गुप्ताले ११०२ मत प्राप्त गरेका हुन् ।

त्यस्तै सचिवमा ११८६ मत प्राप्त गरि इम्तियाज आलम र ११५९ मत प्राप्त गरि दिनेश कुमार चौधरी निर्वाचित भए ।

सह सचिवमा विजयी भएका नविनकुमार सिंह र मदन राउतले क्रमशः १११५ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ