arrow

पहिलो चरणमा मत दिएका सबैलाई गौडेलको धन्यवाद, पुनः आफूलाई मत दिएर जिताउन अनुरोध 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन २० शुक्रबार
narayan-prasad-goudel-banke-congress.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेलले पहिलो चरणमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता प्रकट गर्दै पुनः आजको दोस्रो चरणको निर्वाचनमा आफूलाई जिताउन सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् ।

बाँके कांग्रेसमा कुशल संगठक, इमान्दार, जुझारु र कर्तव्यनिष्ठ नेताको छवि बनाएका गौडेलले कांग्रेस बाँकेलाई गतिशील र चलायमान बनाउन आफूलाई विजयी बनाउन आग्रह गरेका हुन् । तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउन र बाँकेको संगठन मजबुत बनाउन आफूलाई विजयी बनाउन सम्पूर्ण मतदातालाई अपील गरेका छन् । 

बिहीबार  भएको निर्वाचनबाट तीन प्रतिस्पर्धीमध्ये कसैको पनि ५० प्रतिशत बढी मत नआएपछि आजा धेरै मत ल्याएका गौडेल र बादशाह कुर्मीबीच मतदान गराइनेछ । सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमाल तेस्रो भएपछि प्रतिष्पर्धाबाट बाहिरिएका छन् । 

संस्थापन इतरबाट एक्ला उम्मेदवार रहेका गौडेलले खसेको कुल १४४५ मतबाट ५६९ मत ल्याउँदै पहिलो बने भने संस्थापन समूहका बादशाह कुर्मीले ५३८ मत ल्याएर दोस्रो भएका थिए ।

त्यस्तै संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत ल्याउदै तेस्रो भएर चुनावी मैदानबाट बाहिरिइसकेका छन् । संस्थापन समूहबाट चुनावी मैदानमा उत्रेका कुर्मी नेपाली कांग्रेस सहमहामन्त्री किशोर सिंह राठौर र हमाललाई संस्थापन समूह तर्फबाट प्रवक्ता डा. प्रकाशशरण महतको आदेशमा आधिकारिक उम्मेदवारी घोषणा गरिएको थियो ।

मतदान बहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन परिचालन कमिटीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ