arrow

दोस्रो चरणको बाँके कांग्रेस सभापतिको मतदान जारी 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन २० शुक्रबार
275102658_653416229211356_6187513913726566065_n.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न  शुरु भएको दोस्रो चरणको मतदान जारी रहेको  छ । नयाँ नेतृत्व चुन्न  शुक्रबार बिहान १० बजेदेखि जिल्ला समन्वय समितिमा मतदान शुरु भएको हो ।  मतदान शुरु भएको १ घण्टामा २१५ जनाले मतदान गरिसकेका छन् । मतदान गर्नेहरु लामबद्द भएर बसिरहेका छन् ।

पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणमा निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमाल मध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ ।
 विहान १० बजेदेखि शुरु भएको मतदान  दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । मतदान लगत्तै मतगणना शुरु गरिने जनाइएको छ । शुक्रबारको निर्वाचनले सभापतिको टुंगो लगाउनेछ । हिजो भएको निर्वाचनमा गौडेलले ५६९, कुर्मीले ५३८ र हमालले ३१४ मत पाएका थिए । 

कुल १४ सय ९३ मतदाता मध्ये १४ सय ४५ जनाले मत हालेका थिए । हिजै पदाधिकारी, सदस्य र महासमिति सदस्यहरुको निर्वाचन भइसकेको छ ।  सभापतिको परिणाम आएपछि ती पदहरुको मतगणना शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ