arrow

बाँके कांग्रेसमा ट्विष्ट, दोस्रो चरणको मतदानमा संस्थापनका हमालको समर्थन इतरका गौडेललाई

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन २० शुक्रबार
274801932_1365585587291341_7055635636082197603_n.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेललाई सुरेन्द्र हमालले समर्थन गर्दै आफ्ना पक्षका मतदाताहरुलाई सभापतिका उम्मेदवार गौडेललाई भोट हाल्न आग्रह गरेका छन् ।

पहिलो चरणमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता प्रकट गर्दै पुनः आज भइरहेको दोस्रो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार गौडेललाई जिताउन सम्पूर्ण मतदातालाई हमालले आग्रह गरेका हुन् ।

हाम्राकुरालाई संक्षिप्त प्रतिक्रिया दिँदै हमालले आफ्नो समूहभित्र देखिएको ‘पञ्चायती शैली’ विरुद्ध लड्ने बताएका छन् । ‘मान्छे मर्यो भन्नु भन्दा पनि काल पल्क्यो भन्ने कुरा देखियो, हामी त शुरुवातदेखि नै निष्ठा र स्वाभिमानको राजनीति गर्दै आएको मान्छे हौं, कसैको दासत्व हामीलाई स्वीकार्य हुँदैन’ उनले भने। 

दोस्रो चरणमा सभापतिका उम्मेदवार गौडेललाई मतदातालाई  भोट हाल्नुस् भनेर जानकारी गराइसकेको हमालले बताए ।

पहिलो चरणमा तेस्रो स्थानमा आएपछि चुनावी मैदानबाट बाहिरिए पनि हमालले कांग्रेसमा कुशल संगठक, इमान्दार, जुझारु र कर्तव्यनिष्ठ नेताको छवि बनाएका गौडेललाई कांग्रेस बाँकेलाई गतिशील र चलायमान बनाउन विजयी बनाउन आफ्ना समूहका सबै मतदाताहरुलाई जानकारी गराइसकेको हमालले हाम्राकुरालाई बताए । 

बिहीबार भएको निर्वाचनबाट कसैको पनि ५० प्रतिशत बढी मत नआएपछि आज धेरै मत ल्याएका गौडेल र बादशाह कुर्मीबीच मतदान भइरहेको छ ।

हमाल र कुर्मी संस्थापन तथा गौडेल संस्थापन इतरका हुन् । हमालले गौडेललाई समर्थन गरेसँगै राजनीतिले नयाँ मोड लिएको दाबी बाँके कांग्रेसीहरुको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ