arrow

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४ सय ३९ मत खस्यो

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन २० शुक्रबार
274967400_658017132134168_4051149777825251950_n.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चुन्न आज बिहान १० बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा १४ सय ३९ जनाले मतदान गरेका छन् । कुल १४९३ जना मतदाता रहेकोमा बिहीबार भन्दा ६ मत कम खसेको हो । बिहीबार भएको मतदानमा १४ सय ४५ मत खसेको थियो ।

बिहीबार भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमालमध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ ।

हमालले पहिलो नम्बरमा आएका सभापतिका उम्मेदवार गौडेलको समर्थन गर्दै आफ्ना मतदातहरुलाई मत दिएर गौडेललाई जिताउन आग्रह गरेका थिए।

केहीबेरमा  मतगणना शुरु गरिने जनाइएको छ । 

हिजो भएको निर्वाचनमा गौडेलले ५६९, कुर्मीले ५३८ र हमालले ३१४ मत पाएका थिए । 

कुल १४ सय ९३ मतदाता मध्ये १४ सय ४५ जनाले मत हालेका थिए । हिजै पदाधिकारी, सदस्य र महासमिति सदस्यहरुको निर्वाचन भइसकेको छ ।  पदाधिकारीहरुको मतगणना केही बेरमा शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ