arrow

बाँके कांग्रेस सभापतिमा गौडेल निर्वाचित, संस्थापनलाई झड्का 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन २० शुक्रबार
narayan-prasad-goudel-banke-congress.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । गौडेल  ७६० मतका साथ सभापतिमा विजयी भएका हुन् । गौडेल  संस्थापन इतर समूहका हुन् ।

दोस्रो चरणको निर्वाचनबाट गौडेल उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मत अन्तरले  पराजित गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । कुर्मीले ६६३ मत ल्याए । 

संस्थापन इतरबाट गौडेल र संस्थापन समूहबाट कुर्मी उम्मेदवार थिए । शुक्रबार भएको दोस्रो चरणको मतदानमा कुल १४ सय ९३ मतादातामा १४ सय ३९ जनाले मतदान गरेका थिए  । 

सभापतिको बिहीबार भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९ मत ल्याएर पहिलो भएका थिए भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरेका थिए ।  प्रतिस्पर्धाबाट बाहिरिएका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गर्दै आफ्ना मतदातालाई गौडेललाई भोट दिन निर्देशन दिएका थिए ।

योसँगै संस्थापन पक्षलाई बाँकेमा झड्का लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ